अछाममा विप्लव समूहद्वारा दुई वडा कार्यालयमा आगलागी

असार १०, काठमाडौं — नेपाल बन्दको आह्वान गरेको विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अछामको दुई वडा कार्यलयमा आगजनी गरेको छ ।

अछामको ढकारी गाउँपालिका(५ र पञ्चदेवल विनायक नगरपालिका(३ को वडा कार्यालयमा आगजनी गरेको छ । आगजनीका कारण दुबै वडा कार्यालयमा क्षति भएको प्रहरीले बताएको छ ।

आगजनीका कारण पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ३ मा १ थान कम्यूटर, १ थान प्रीन्टर र कुर्सी टेवल लगायतका फर्निचर तथा अन्य कार्यालयका सबै कागजात जलेर नष्ट भएका छन् ।

दुबै घटनामा विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनसरकार प्रमुख निरक शाही लगायतको संलग्नता रहेको भन्दै प्रहरीले उनको समूहलाई तत्काल पक्राउ गर्न प्रहरी परिचालन गरेको छ ।