असार ९, काठमाडौं — सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयरलाई २० र २३ को मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिएको हो ।
साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीय आन्दोलित भएका थिए । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको पनि मृत्यु भएको थियो ।
घटनाले गम्भीर मोड लिँदासमेत मौन बसेको भन्दै १० कात्तिकको विरोध (यालीमा स्थानीयले मेयरको शनिश्चरेस्थित साढे दुईतले घरमा ढुंगा प्रहार गरेका थिए ।
त्यसक्रममा केही झ्यालका सिसा फुटेका थिए भने नगरपालिकाबाट लिएको मे.१झ १२१ नम्बरको गाडीमा र बा.१०च ३०६१ नम्बरको निजी कारमा सामान्य क्षति पुगेको थियो । उनको छोरा नेपाल रत्न सिवाकोटीको मे.७प ३००० नम्बरको बुलेट मोटरसाइकल भने आन्दोलनकारीले जलाइदिएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।