लोकसेवा विज्ञापन विरुद्धको अर्को सुनुवाई अब बुधबार हुने

असार ८, काठमाडौं — लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनको विरुद्धमा सर्वोच्च अदालतमा परेको रीटमाथिको सुनुवाई बुधबारका लागि सरेको छ ।
लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रीट परेको छ । आइतबार सबै रीटलाई एकै ठाउँमा राखेर न्यायाधीशहरु हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भइरहेको छ । आइतबार दिनभर बहस भए पनि रीट निवेदककै तर्फको बहस नसकिएकाले बुधबारका लागि सारिएको हो ।