सिफारिसमा परेका राजदूत विरुद्ध संसदीय सुनुवाइ समितिको उजुरी आह्वान

असार ५, काठमाडौं – राजनीतिक पहुँचको आधारमा राजदूत सिफारिस गरिएको भन्दै चौतर्फी विरोध भएपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ । समितिले राजनीतिक सिफारिसमा परेकाविरुद्ध उजुरी आह्वान गरेको हो ।

अष्ट्रेलियाका लागि राजदूत महेशप्रसाद दाहाल, स्पेनका लागि दावाफुटी शेर्पा, बंगलादेशका लागि वंशीधर मिश्र तथा कतारका लागि नारद भारद्वाज सिफारिसमा परेका थिए ।

सरकारले तयार गरेको राजदूत सिफारिस मापदण्ड उल्लंघन गरी राजनीतिक पहुँचको आधारमा राजदूतमा सिफारिस गरेपछि यसको विरोध सुरु भएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार उनीहरूविरुद्ध उजुरी दिन संसदीय समितिले १० दिनको समय तोकेको छ ।

१० दिनभित्र परेका उजुरीमाथि समितिले अनुसन्धान गरेपछि उपयुक्त ठहरिएमा गम्भीर प्रकारको उजुरी प्रमाणित भएमा समितिले नाम अनुमोदन गर्ने छैन ।
संसदीय समितिले सिफारिस गरेका राजदूतको नाम अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले उनीहरूलाई नियुक्ति गर्ने व्यवस्था छ ।

संसदीय समितिले सुनुवाइ सुरु गर्दैै उजुरी आह्वान गरेका अहिले सिफारिस भएका चारैजना राजदूतहरू कूटनीतिक क्षेत्रमा नाम नसुनिएका नेकपाको शीर्ष नेतृत्वसँग र पहुँच र सम्बन्ध भएका तर मापदण्डविपरीत राजदूतको सिफारिसमा परेका बताइएको छ ।