असार ५, सिन्धुपाल्चोक – स्थानीय ठेकेदारहरुका कारण मेलम्ची खानेपानी आयोजनाका निर्माण कम्पनी मुहानबाट फर्किएको छ ।
रकम भुक्तानी नपाएको भन्दै पीडित व्यवसायीले रोकिएदिएपछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका निर्माण कम्पनीका कामदारहरु फर्किएका हुन् ।
मुहानको हेडबक्सलगायतका काम गर्ने ठेक्का श्रेष्ठ कन्स्ट्रक्सनले पाएको थियो । जिम्मा पाएको निर्माण कम्पनी आयोजनास्थल पुग्दा स्थानीयवासीले आयोजनामा डुबेको रकम भुक्तानी पाएपछि मात्र काम गर्न दिने बताए ।
इटालेली कम्पनी सिएमसीले रकम नदिईकन भागेपछि सरकारले पुन बोलपत्र खुलाएर मेलम्चीको अर्को ठेक्का प्रक्रिया सुरु भएको थियो ।
स्थानीयवासीलगायत निर्माण व्यावसायीहरुको डेढ अर्ब रुपैयाँ भुक्तानी पाउनुपर्ने माग छ ।
यता स्थानीय सरकारको पनि समस्या समाधान गरेर मेलम्ची काठमाडौं लैजान खुलेयाम चेतावनी दिएको छ ।