नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा दुई घण्टा छलफल

असार ५, काठमाडौं – नेकपा दुई अध्यक्षबीच बुधबार बालुवाटारमा दुई घण्टा छलफल भएको छ ।

समसामयिक राष्ट्रिय राजनीति र अन्तरराष्ट्रिय परिस्थितिबारे दुई नेताबीच छलफल भएको हो ।

छलफलपछि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड असार ७ गतेलाई सचिवालय बैठक बोलाउन सहमत भएका छन् ।

२ घण्टासम्म चलेको छलफलको सुरुमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई आफ्नो युरोप भ्रमणथिए । लगत्तै राष्ट्रिय राजनीतिक परिस्थितिबारे दुई अध्यक्षवीच कुराकानी भई यही शनिबार सचिवालयको बैठक बोलाउने निर्णय भएको थियो ।

अध्यक्ष प्रचण्डले जिल्ला इञ्चार्ज र विभागहरु लगायतका सांगठानिक एकताका बाँकी रहेका विषयहरु टुंगो लाउन सचिलावय बैठक र स्थायी कमिटी बैठक बोलाउने प्रस्ताव राखेका छन् ।

सोही अनुसार अध्यक्षद्धय विच राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने सहमति भएको हो ।