तुलसीपुरले अब छोरीलाई आत्मनिर्भर बनाउने

 

असार २, काठमाडौं — तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्षदेखि जन्मिएका हरेक छोरीलाई जन्मेदेखि मासिक १ सय रुपैयाँका दरले वार्षिक रुपमा एकमुष्ट १ हजार २ सय रुपैयाँ उपलब्ध गराउने कार्यक्रम सार्वजनिक गरेको छ ।

‘स्मार्ट छोरी, बिहेवारी २० वर्ष पारि’ भन्ने अवधारणका साथ नगर प्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६ ७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याइएको बताए ।

उनीहरूलाई दिइएका पैसा बैंक खातामा जम्मा गरेर २० वर्ष पुगेपछि मात्र एकमुष्ट उपलब्ध गराइने छ । तर यदि कसैले २० वर्ष भन्दा पहिले नै बिहे गरेमा सो रकम उपमहानगरपालिकाको कोषमा फिर्ता हुने छ । सो कार्यक्रमले बालविवाह न्यूनीकरण गर्न र छोरीलाई आत्मनिर्भर बनाउन मद्धत पुग्ने नगर प्रमुख पाण्डेले बताए ।

साथै लैंगिक हिंसामा परेका महिलाको उपचार, पुनस्र्थापना र सुरक्षाका लागि उपमहानगरपालिकाले महिला सुरक्षा कार्यक्रम पनि लागू गरेको छ