असार १, काठमाडौं — गुठी विधेयकको विरोधमा यही असार १० गते काठमाडौं उपत्यका बन्दको आह्वान गरिएको छ ।
विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले पत्रकार सम्मेलन गरी आईतबार सरकारले ल्याएको गुठी विधेयकको विरोध गर्दै यही असार १० गतेलाई काठमाडौं उपत्यका बन्दको जानकारी गराएको हो ।
समितिले विधेयकको विरोधमा असार २ गतेदेखी चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।
असार २ गते विधेयक फिर्ताको माग गर्दै देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, असार ३ गते पशुपतिनाथ मन्दिर परिसरमा विरोधसभा आयोजना गर्ने, असार ४ गते देशका सबै मठमन्दिरमा १० मिनेट घण्टा बजाउने लगायतका कार्यक्रम तय गरिएको छ ।
त्यसैगरी असार ५ गतेकोे लागिे बसन्तपुरमा विरोधसभा, असार ७ गते गुठीसँग सम्बन्धित सरोकारवालसँग अन्तरक्रिया तय भएको समितिका महासचिव रोशनजंग बस्नेतले बताए ।
विश्व हिन्दु महासंघ, नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले मुलुकको धर्म र संस्कृतिनै नष्ट हुने गरी सरकारले ल्याएको विधेयक नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए ।