असार १, सुर्खेत — कर्णाली प्रदेशका लागि ३४ अर्ब ३५ करोडको बजेट विनियोजन गरिएको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभाको बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट सुनाएका हुन् ।
चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ । पूर्वाधार विकास कार्यक्रमका लागि १ अर्ब २० करोड बजेट केन्द्रित गरिएको छ ।
मुख्यमन्त्री रोजगार कार्यक्रम, मनमोहन सामाजिक सुरक्षा कार्यक्रम, छोरीबुहारी मुलप्रवाहीकरण कार्यक्रम लगायतलाई बजेट प्रदेश सरकारको प्राथमिकतामा परेका छन् ।
त्यसैगरी १ करोड ५० लाख बजेट सडक सुविधा नभएका हुम्ला र डोल्पाका जेष्ठ तथा पूर्ण अपाङ्गगता भएका व्यक्तिका लागि हवाई टिकटकमा सहुलियत दिननेगरी छुट्याइएको छ ।