प्रदेश ५ को सरकारको बजेट ३६ अर्ब ४१ करोड

असार १, बुटवल — आर्थिक वर्ष ०७६र०७७ का लागि प्रदेश ५ को सरकारको बजेट ३६ अर्ब ४१ करोड रहेको छ । प्रदेश ५ को सरकारको आगामी आर्थिक बर्षको बजेट कृषि, पर्यटन र पुर्वाधार विकासलाई प्राथमिकतामा राखी ल्याइएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको वैठकमा ३६ अर्ब ४४ बजेट ६८ लाख रुपैयांको वजेट प्रस्तुत गरेका छन् । गत वर्ष २८ अर्ब ९ करोड रुपैयाँको बजेटमा गत वर्ष शुरु गरेर भई पूरा नभएका योजनाहरुका लागि पनि रकम छुट्याइएको छ ।

करिब साढे ३ अर्ब राजस्व संकलनको लक्ष्य राखेको प्रदेश सरकारले वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड २३ लाख र सशर्त अनुदानमा ७ अर्ब ७७ करोड चार लाख रुपैयाँ कमाउने लक्ष्य लिएको छ ।

संसद विकास कोष समावेश नभएपनि प्रत्येक सांसदले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका ६ वटा योजनालाई समेटेरे ६० लाख बराबरको बजेट पाउनेछन् । गत वर्ष ५० लाख रुपैयाँको सडक योजना राखिएको थियो ।