असार १, काठमाडौं— प्रदेश ३को सरकारले करिब ४८ अर्ब रुपैयाँको बजेट ल्याउने भएको छ । प्रदेश ३को सरकारले आर्थिक बर्ष २०७६र७७ का लागि करिब ४८ अर्ब रुपैयाँको बजेट तयारी पूरा गरेको हो
बजेट प्रदेश सभामा प्रस्तुत गरिन लागेको आर्थिक मामिला तथा योजनामन्त्री कैलासप्रसाद ढुंगेलले बताएका छन् । पूर्वाधार विकासको पहिलो प्राथमिकता चालु आर्थिक वर्षको बजेटमा परेको छ ।
प्रदेश गौरवको योजनाभित्र पोष्टबहादुर बोगटी भीमफेदी–काठमाडौं सुरुङ मार्ग, पुष्पलाल चक्रपथ निर्माण, मदन भण्डारी सडक निर्माण, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान परेको छ ।
विद्युतीय सवारी सञ्चालन गर्न डिजेल पेट्रोलबाट चल्ने सवारी साधनमा न्युनीकरण, प्रदेशमा विकल्पसहित प्लाष्टिक निषेध गर्ने तयारी, कृषि, वन, पर्यटन पनि पथमिकतामा राखिएका छन् ।
प्रदेशको चालु आर्थिक वर्षको बजेट ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ तय गरिएको छ । पूँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख नौ हजार र चालुतर्फ १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार बजेट विनियोजित गरिएकोमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म जम्मा १८ प्रतिशत बजेट सकियो ।