जेठ, ३२ काठमाडौं — गुठी विधेयकको चर्को बिरोध भइरहेको बेला उपप्रधानमन्त्री ईश्वर पोखरेलले आम नागरिकको भावनाविपरीत हुने गरी गुठी विधेयक पारित नहुने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले गुठी विधेयक बहसमा मात्रै आएकाले कानुन नै बने जसरी नबुझ्न आग्रह गरे।
उनले भने ‘हामी जनताको भावनाविपरीत कुनै काम गर्दैनौं, यदि आम नागरिकको सामाजिक र साँस्कृतिक भावनाविपरीत विधेयक देखियो भने त्यसलाई पारित गर्दैनौं । ’
उनले जनताको भावना बुझेर मात्रै काम गर्ने भन्दै पोखरेलले सरकार जनताको हितविरूद्ध कहिल्यै नजाने दाबी समेत गरेका छन् ।