न्यूरोडको पार्किङ अब मोवाईलबाटै

जेठ ३२, काठमाडौं — अब काठमाडौंको व्यस्त बजार न्यूरोडको पार्किङ मोवाईलबाटै गर्न सकिने भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गरी न्यूरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवा शुरु गर्न लागेको हो ।

न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडीको ठाउँको लागि भोली देखी मोवाईलबाट बुकिङ गर्न सकिने छ ।

व्हिल्स ट्रुली योर्स प्रालिसँगसँगको सहकार्यमा सुरु गर्न लागिएको स्मार्ट पार्किङको व्यवस्थाको उद्घघाटन आइतबार नै मेयर विद्यासुन्दर शाक्यले गर्नेछन् । स्मार्ट पार्किङ स्टेशनमा अब एकपटक झण्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने छ ।

स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइएकोले अब न्युरोड जानु अघि नै जोकोहीले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र बुकिङ गर्न सक्नेछन् ।