नेपाल र यूएईबीच श्रम सम्झौता

जेठ३१, काठमाडौं —नेपाल र यूएईबीच श्रम सम्झौता गरिएको छ । कामदार छनोट र भर्ना प्रक्रियाका लागि लाग्ने सबै खर्च रोजगारदाताले नै व्यहोर्ने गरी सम्झौता गरिएको हो ।

सम्झौतामा व्यवसायसँग सम्वन्धित कुनै पनि दुर्घटना तथा रोग लागेमा उपचार खर्च रोजगारदाताले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी पाँच वर्षसम्म सेवा अवधिका लागि हरेक वर्षको सेवा वापत २१ दिनका दरले र त्यसभन्दा बढी अवधिका लागि वार्षिक ३० दिनका दरले उपदान पाउने व्यवस्था पनि सुनिश्चित गरिएको श्रम मन्त्रालयले जनाएको छ ।