चक्रपथ विस्तार कार्य छिट्टै सुरु हुदै

जेठ ३० , काठमाडौं – सडक विभागले चक्रपथ विस्तारको कार्य छिट्टै सुरु गर्दैछ । २ लेनको सडकलाई ८ लेनको बनाउन आगामी आर्थिक वर्षबाट निर्माण थाल्ने तयारी गरेको हो ।

त्यसका लागि सरकारले बजेटमार्फत निर्माणस्थल ‘क्लियर’ नहुँदासम्म आयोजनाहरु नदिने नीतिगत घोषणा पनि गरेको छ । सार्वजनिक खरिद नियमावलीमा संशोधन गरे पनि निर्माणस्थल तयार नभएसम्म काम नगर्ने व्यवस्था हो ।

साथै आयोजना सीमाभित्रका सबै भौतिक संरचना हटाउन विभागले सूचना पनि निकालिसकेको छ । सूचनामा सडक क्षेत्र मिचेर बनाइएका संरचना भत्काउन नदिने लाई सार्वजनिक सडक ऐन बमोजिम हटाउने र त्यसको खर्च पनि असुल्ने चेतावनी दिइएको छ ।

खानेपानी, ढल र विजुलीको पोल काम सुरु गर्नु अगावै व्यवस्थापन गर्ने पनि विभागको तयारी रहेको छ । पूर्ण रुपमा ‘साइट क्लियर’ भएपछि मात्रै चीनले ठेकेदार छनोट गरेर पठाउनेछ ।’

चक्रपथ विस्तारका लागि आगामी वर्षको बजेटमा १ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ ।