जेठ २९, काठमाडौं — अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल हज समिति अन्तर्गत १० जनालाई मुद्धा चलाएको छ ।
मुस्लिम धर्मावलम्बीहरूको तीर्थस्थल हज गर्न साउदीमा जान सरकारले छुट्टयाउने रकममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले नेपाल हज समिति अन्तर्गत कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब सहित १० जनालाई मुद्धा चलाएको हो ।
अख्तियारले सन् २०१७ मा नेपालबाट साउदीमा हज गर्न जाने हज यात्रीहरूका लागि हवाई टिकट खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ ।
अख्तियारले कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब सहित अतावुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ,मोमिना वानु मुस्लिम, मजिबुल शेष, भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र दाउद हुसैनविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा हालेको हो ।