जेठ २९, काठमाडौं — अब बिदेश पढ्न जान १२ कक्षा पास गर्नुपर्ने सरकारी नियम लागु हुने भएको छ । एसईई उत्तिर्ण गरेका विद्यार्थी बिदेशमा पढ्नलाई सरकारले स्वीकृति नदिने शिक्षा मन्त्रालयले बताएको छ ।
१२ कक्षासम्म माध्यमिक शिक्षा नै भएकोले विद्यालय शिक्षा सकेर उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने मन्त्रालयको निर्देशनमा उल्लेख छ ।
यसअघि पढाईका लागि बिदेश जान चाहनेहरुले आवश्यक कागजात बुझाएपछि अब्जेक्सन लेटर पाउने सुबिधा थियो ।
अब भने अध्ययन स्वीकृति तथा विदेशी मुद्रा सटही सुविधाका लागि पनि नो अब्जेक्सन लेटर लिनका लागि १२ कक्षा पास गर्नै पर्ने भएको छ ।