जेठ ७, काठमाडौं —पाल्पामा विषालु च्याउ खादा एकै घरका दुई जनाको मृत्यु भएको छ भने ९ बिरामी भएका छन् ।
जंगलबाट टिपेको विषालु च्याउ पाल्पा निस्दी गाउँपालिका ३ कार्कीडाँडाकी ९ वर्षीया निर्मला सिंह ठकुरी र चार वर्षीय विष्णु सिंह ठकुरीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
च्याउ खाएर बिरामी परेका ९ जनाको मध्यविन्दु अस्पताल नवलरपुरमा उपचार भइरहेको छ ।