न्यारोवडी जहाज खरिदमा दुई अर्बभन्दा बढि भ्रष्ट्राचार भएको संसदीय छानविन समितिको ठहर

जेठ २४, काठमाडौं — नेपाल वायुसेवा निगमको न्यारोवडी जहाज खरिदमा दुई अर्बभन्दा बढि भ्रष्ट्राचारमा निगमका वहालवाला कार्यकारी अध्यक्ष मदन खरेल पनि मुछिएका छन् ।

संसदीय छानविन समितिले विगतमा न्यारोवडी जहाज खरिद गर्दा भएको दुई अर्बभन्दा बढि भ्रष्ट्राचार निगमका वहालवाला कार्यकारी अध्यक्ष मदन खरेल पनि मुछिएको निष्कर्ष निकालेको हो ।

६ थान चिनियाँ जहाज र चारवर्ष अगाडी खरिद गरिएको दुईथान एयरवस ३२०–२०० सिरिज जहाजमा खरेलको पनि संलग्नता रहेको ससदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले गरेको छानविनले देखाएको छ ।

पाँच महिना लामो छानविनपछि उपसमितिले  विगतमा खरिद गरिएका न्यारोवडी जहाज र चिनियाँ जहाजमा समेत अनियमितता भएको निष्कर्ष निकालेको हो ।

समितिका सभापति पवित्रा निरौलालाई शुक्रबार दिइइएको प्रतिवदेनले निकालेको निष्कर्ष हो । तर समितिले उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन ।

खरेल चिनियाँ र न्यारोवडी जहाज खरिद गर्ने समयमा प्रवन्ध निर्देशक थिए ।