जेठ २४, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले मुलकभित्र काम नपाएर अब कोही भोकै नमर्ने पनि बताएका छन् । भक्तपुरमा आयोजित प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उद्घाटनको क्रममा शुक्रबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
४० लाख युवा रोजगारीका लागि विदेशमा भौतारिरहेका वेला प्रधानमन्त्री स्वरोजगार कार्यक्रम नमुना कार्यक्रम भएकाले सरकारले समाधानको बाटो खोजेर अगाडि बढेको बताए ।
सरकारले डिजिटल नेपाल’ बनाउन अभियान सुरु गरेकाले प्रधानमन्त्री ओलीले अब काम नपाएर कोही पनि नेपाली विदेशिनु नपर्ने मा जोड दिए ।
बालकदेखि ज्येष्ठ नागरिकसम्मको जीवन सुरक्षाको कार्यक्रम सञ्चालन गरेकाले अब कसैलाई समस्या नपर्ने बताउँदै सरकारले सुरु गरेको महान् अभियानप्रति कोही आत्तिएको पनि बताए ।