जेठ २४, काठमाडौं — पृथ्वी राजमार्गको मुग्लिन–नौबीसे सडक खण्ड अबरुद्ध भएको छ ।
राजमार्गको मुग्लिन–नौबीसे सडक खण्डमा पर्ने मौवाखोलामा विहानै ३ः३० बजे पहिरो खसेपछि शुक्रबार बिहानैदेखि राजमार्गको सवारी आवागमन अवरुद्ध भएको हो ।
पहिरोले सडक पुरिएपछि दुवैतर्फका सवारी आवागमन प्रभावित भएको चितवन प्रहरीले जनाएको छ ।
अहिले पहिरो पन्छाउने काम भइरहेको भएपनि ठूलो पहिरो खसेकाले सडक सञ्चालन हुन केही बेर लाग्ने प्रहरीले बताएको छ ।