जेठ २४, काठमाडौं — सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण दुइ जनाको मुत्यु भएका छ भने ७० भन्दा बढी घाइते भएका छन् ।
बिबिसीका अनुशार हावाहुरी आउँदा मोटरसाइकलमा सवार कैलाली गोदावरीका वीरबहादुर चौधरीको टिपरको ठक्करबाट मृत्यु भएको हो ।
टीकापुरका लाहानु चौधरीको पोल्ट्री फार्ममा काम गरिरहँदा हावाहुरीले पर्खाल भत्काएपछि किचिएर मृत्यु भएको बताइएको छ ।
धेरै घाइतेको सेती अञ्चल अस्पताल, अत्तरियास्थित पद्मा अस्पताल, हसनपुरस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको बिबिसीले उल्लेख गरेको छ ।
हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा घर र टहराको छाना उडेको अनि कतिपय ठाउँमा रूख तथा बिजुलीका खम्बा ढलेका छन् । त्यसकारण बाटो अवरुद्ध भएको र विद्युत् आपूर्ति पनि बन्द भएको छ ।