जेठ २१, काठमाडौं — युवा ज्योतिषी अर्जुनकुमार थापा पक्राउ परेका छन् । भूकम्प आउँदै छ भन्दै सर्वसाधारणमा डर त्रास फैलाएको आरोपमा प्रहरीले थापालाई पक्राउ गरेको बताएको छ ।
भोजपुरको जरायोटार स्थायी घर भएका थापाले काठमाडौंको सिनामगंलमा काशि विश्वनाथ रत्न प्राली नामक ज्योतिष हेर्ने संस्था चलाउँदै आएका थिए ।
थापाले आफ्नै नामको ज्योतिष अर्जुन क्षेत्री नामक युट्युब च्यानलमा एक साताअघि अब देशमा ठुलो महाविपत्ती, महाभुकम्प,रक्तपात हुँदै छ शीर्षक राखेर भिडियो अपलोड गरेका थिए ।
कानुनअनुसार थापालाई ६ महिनासम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने छ ।