नेकपाको जिल्ला कमिटी इञ्चार्ज र सह–इञ्चार्जको नाम मोटामोटी टुंगियो

जेठ २१, काठमाडौं — नेकपाको जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम करिब करिब टुंगो लागेको छ ।

सोमबार आयोजित नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीचको सकरात्मक छलफलले ७७ जिल्लाका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम मोटामोटी टुंगो लगाएको छ ।

अब जिल्ला इञ्चार्ज र सह–इञ्चार्ज दुबैमा केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट हुनेछ ।
दुई अध्यक्षले तयार पारेको सूचीमाथि थप छलफलका लागि आज मंगलबार बिहान साढे ७ बजे माधव नेपाललाई बालुवाटारमा बोलाइएको पाइएको छ ।

मंगलबार बिहान तीन शीर्ष नेतावीच छलफल हुने र अपरान्ह ३ बजेपछि नेकपाको सचिवालय बैठक बस्ने भएको छ । त्यसपछि सचिवालय बैठकबाट ७७ जिल्लाका इञ्चार्ज र सहइञ्चार्जहरुको नाम अनुमोदन हुनेछ ।

अब केन्द्रीय विभागहरुका विषयमा छलफल बाँकी रहेको छ ।