राष्ट्रपतिको तलब २७ हजारले बुद्धि, अब १ लाख ७७ हजार पाउने

जेठ १७, काठमाडौं — सरकारले कर्मचारीको तलब २० र १८ प्रतिशतले बढाएको छ । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत तलब बढाएको हो ।
तलबमा वृद्धि गरेसँगै राष्ट्रपतिदेखि सांसदको तलबमा समेत बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मासिक तलबमा १८ प्रतिशत वृद्धि हुँदा पनि बढेर १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुगेको छ । हाल उनले तलब १ लाख ५० हजार ४ सय ५० रुपैयाँ छ ।