आगामी ३ दिन सम्म मेघ गर्जन सहित पानी पर्ने

जेठ १७, काठमाडौं — आगामी तीन दिन सम्म मौसममा बदली हुने भएको छ । उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म मौसम प्रभाव हुने बिभागले बताएको छ ।