एयरपोर्ट अध्यागमनका अधिकृत अर्यालमाथि दुई करोड भष्ट्रचार मुद्धा

जेठ १६, काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौका एक जना अध्यागमन अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ ।

अध्यागमनका अधिकृत रमाकान्त अर्याललाई गैर कानूनी सम्पती आर्जन गरि उच्च जिवन यापन गरेको भन्ने आयोगमा परेको उजुरी माथि छानविन हुदा उनको सम्पत्ति अमिल्दो देखिएकाले आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

उनले तलव¸ भत्ता¸ कर्जा¸ कृषि आय¸ परिवार धन, अंश नगद र जग्गा विक्री २ करोड ४९ लाख ९२ हजार आर्जन गरेको पाइएको छ।

सोही अवधिमा निजले आफू र श्रीमती सरिता नेपाल समेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्ति जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन खरिद¸ लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात लगायतमा ४ करोड ५६ लाख ८१ हजार खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।