ब्रिटिस काउन्सिलले तिरेन ६० बर्षदेखि कर

जेठ ११, काठमाडौं — नेपालस्थित ब्रिटिस काउन्सिलले ६० बर्षदेखि करोडौंको कर छल्दै आएको खुलेको छ । सन् १९३४ मा बेलायतमा स्थापना भएको यो संस्था सन् १९५९ मा लाइब्रेरी स्थापना गरेर नेपाल प्रवेश गरेको थियो ।

सांस्कृतिक सम्बन्ध र शैक्षिक अवसरका क्षेत्रमा सेवा प्रदान गर्ने मुल उद्देश्य राखेको ब्रिटिस काउन्सिलले वर्षेनी अर्बौंको कारोबार गरे पनि उसले नेपाल सरकारलाई कर बुझाएका छैनन् ।

यस्तै किसिमको कारोबार गर्ने अन्य संघसंस्थाहरुले भनें नेपाल सरकारको कानुनको अधिनमा रहेर कर बुझाउँदै आएका छन् ।