जेठ ६,काठमाडौं — संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धि विधेयकमा भएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान संशोधन गर्न माग राख्दै आन्दोलनरत नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
पहिलो चरणको आन्दोलन सम्पन्न हुँदा समेत महासंघले उठाएका जायज मागप्रति सरकार गम्भीर नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
महासंघका महासचिव रमेश विष्टले आइतबार जारी गरेको विज्ञप्ती अनुसार ६ देखि २५ जेठसम्म चरणवद्ध आन्दोलन हुने जनाइएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने पार्टीको ध्यानाकर्षण गराउने, सांसदसँग भेटघाट, र बानेश्वरदेखि बबरमहल सम्म र प्रदेश राजधानीमा मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने लगायतका विरोध कार्यक्रम महासंघले गर्ने भएको हो ।