जेठ ५, काठमाडौं — सरकारले ल्याउन लागेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको यतिबेला पत्रकार देखि बिपक्ष दलहरुले बिरोध गरिरहेका छन् । कालो पट्टी बाँधेर काम गर्ने, सञ्चार सामग्रीसहित प्रदर्शन गर्ने लगायतका कार्यक्रम महासंघले गरिरहेको छ ।
विधेयकको बिरोध जनाउदै मोरङका पत्रकारहरुले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । उनिहरुले श्रमजीवी पत्रकारहरु मर्कामा पर्ने भन्दै पत्रकारहरुले सांकेतिक विरोधस्वरुप सामूहिक रुपमा रोएको अभिनय गरे ।
विधेयकमा समाचारले कसैको मर्यादा र प्रतिष्ठामा ‘आँच र्पुयाएको देखिए’ पत्रकारलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान समेटिएको छ । विधेयकका कारण स्वतन्त्र पत्रकारितामा अंकुश लाग्ने भन्दै फिर्ता लिन माग हुँदै आएको छ।