नेकपाको सचिवालय बैठक आज बस्दै,बिबिध बिषयमा छलफल हुने

जेठ ५, काठमाडौं —नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजेपछि बस्ने बैठकमा पोलिटब्युरो गठन, नेताहरुको जिम्मेवारी बाँडफाँट, सल्लाहकार परिषद् तथा विभिन्न आयोग गठन लगायत विषयमा छलफल हुने बताइएको छ ।
नेकपाले यही जेठ मसान्त भित्र एकीकरणका बाँकी सबै काम सम्पन्न गर्ने र गाउँगाउँसम्म एकताको सन्देश र्पुयाउन प्रचारात्मक अभियान थाल्ने तयारी गरेको छ ।