जेठ ५,काठमाडौं — झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खस्दा मृतकको संख्या पाँच पुगेको छ भने २९ जना घाइते भएका छन् ।
प्रहरीका अनुशार चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्यसंस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ। बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको हो ।