भारतबाट भित्रियो १० अर्बको आलु प्याज

जेठ ४, काठमाडौं — तरकारीको मुल्य बृद्धि भइरहेको बेला १० अर्बका आलु र प्याज भने भारतबाट आयात भएको छ । सरकारको कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रममा आलु प्याज उत्पादन प्राथमिकतामा राख्न नसकेकाल परनिर्भरता बढ्दै गइरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार २०७४ सालमा कालीमाटीमा ६० हजार ४३६ आलु भित्रिएकोमा ४१ हजार मेट्रिकटन भारतबाट आएको थियो ।