जेठ ४, काठमाडौं — आज २५६३ औं बुद्ध जयन्ती बिबिध कार्यक्रम गरि मनाइदै छ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । यसै बीच २६४३ औं बुद्ध जन्म उत्सव तीन दिवसीय कार्यक्रम अहिंसा तथा शान्तिको कामनासहित मनाइने भएको छ ।
गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिएका छन् जुन आधुनिक समाजमा अझ सान्दर्भिक बन्दै गएको छ ।