वैशाख, ३१ काठमाडौं – त्रिकोणात्मक एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेट सिरिजमा बंगलादेशको जीत भएको छ ।
आयरल्यान्डमा जारी सिरिजको पाँचौं खेलमा सोमबार बंगलादेशले वेष्ट इन्डिजलाई ५ विकेटले हराएको गरेको हो । २४८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४७.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे ।
बंगलादेशका तर्फबाट मुस्फिक्युर रहिमले ६३, सौम्या सरकारले ५४, मोहम्मद मिथुनले ४३ र मोहम्मुदु्ल्लाले अविजित ३० रन बनाए । उता वेष्ट इन्डिजका लागि अश्लेय नर्सले ३ विकेट लिए ।
टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले तोकिएको ५० ओभरमा ९ विकेट क्षति वेहोर्दै २४७ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि शाइ होपले ८७ र कप्तान जासन होल्डरले ६२ रन बनाएका थिए । बलिङतर्फ मुस्ताफिजुर रहमानले ४ र मश्राफे मोर्टजाले तीन विकेट लिए ।
जीतपछि बंगलादेश त्रिकोणात्मक सिरिजको शीर्ष स्थानमा पुगेकोे छ । ३ खेलबाट बंगलादेशले १० अंक बनाएको छ । यता हार वेहोरेको वेष्ट इन्डिजले चार वटा खेलबाट पनि ९ अंक ल्याएर लाष्टमा परेको छ ।
अब आयरल्याडको तीन खेलबाट दुई अंक मात्रै बाँकी छ ।