बैशाख ३०, काठमाडौं — वैदेशिक रोजगारीका लागि कुवेत हिँडेका ४३ जना नेपाली दलालका फन्दामा परेका छन् । कुवेतका लागि स्याङ्जाका श्याम थापाले नक्कली भिषा र टिकट सहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुर्याएका हुन् ।
विमानस्थलको वैदेशिक रोजगारका लागि प्रस्थान कक्षको ढोकामा पुगेर कागपत्रहरु देखाउदा नक्कली खुलेपछि उनिहरु बिमानस्थलबाट फर्किए । शुक्रबार बेलुका ८ बजेको उडान समय भनिए पनि दिउँसो ३ बजे नै उनीहरु विमानस्थल पुगेका थिए ।
उनिहरुको भनाई अनुशार स्याङ्जाका थापाले कुवेतको ‘मार्केट’ मा राम्रो काम भएको भन्दै नेपालीहरुसँग १ लाखदेखि १ लाख २५ हजार रुपैयाँ लिएका छन् । थापा भने अहिले सम्पर्कबिहिन छन् ।