बैशाख २८, काठमाडौं –पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्ने काम बन्द नभए अन्तर्रा्ष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ ।
विहिवार संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकका सन्दर्भमा शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधानहरु नसच्चिए अन्तर्रा्ष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएका हुन् ।
विधेयक कानुनको रुपमा आए नेपालमा स्वतन्त्र पत्रकारिता नरहने वताउदै विष्टले सरकारको कदम विरुद्ध महासंघले आइतबार देखि आन्दोलन घोषणा गरेको जानकारी गराए ।
सरकारले लोकतन्त्रको आवरणमा निरंकुशता लाद्न खोजेको टिप्पणी गर्दै आन्दोलनबाट विधेयक नसच्चिए अन्तर्रा्ष्ट्रिय समुदायलाई गुहार्ने उनको भनाई छ ।
दरबार र सेनासंग अधिकारका लागि लडेको महासंघको इतिहास बलियो रहेको भन्दै सरकारलाई यो बाटो र यो शैली धेरै महंगो पर्ने विष्टले वताए ।