सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुमाथी प्रधानमन्त्री ओलीले आज संसदमा जवाफ दिने

वैशाख२४, काठमाडौं – आर्थिक वर्ष ०७६र७७ का लागि सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ आज संसदमा दिदैछन् ।

नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलका उठेका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिने व्यवस्था अनुसार प्रधानमन्त्रीले आजको संसद्मा प्रष्ट पार्न लागेको हो ।

गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिदै गर्दा प्रधानमन्त्रीले त्यसको जवाफ दिने कार्यसूची तय भएको हो ।

प्रधानमन्त्रीले जवाफ दिएपछि आवश्यक संशोधनसहित संसदले नीति तथा कार्यक्रम पारित गर्नेछ । यसका साथै यही २७ गतेबाट बजेट तयारीसम्बन्धमा संसद्मा छलफल हुने छ ।