वैशाख २३, काठमाडौं – यातायात व्यवस्था कार्यालय, इटहरीका सुरेश अधिकारी भ्रष्टाचारको मुद्दामा मुछिएका छन् ।
अधिकारीले सरकारी सेवामा लेखापाल भएको १० वर्षमा झण्डै ६ करोड खर्च तथा लगानी गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध अख्तियारमा मुद्धा हालेको हो ।
जागीर खाएको अवधीभर बैध आम्दानी ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँको तुलनामा ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ परिवारले गरेको खर्च र लगानी देखिएकोले भ्रष्टाचारको मुद्दा चलाएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए ।
अवैध आम्दानीबाट चार श्रीमती दुर्गा अधिकारी, दीपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी, सोममाया श्रेष्ठ, सासु पुष्पकुमारी निरौला र मामा बलराम शर्माकोे नाममा घरजग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद र बैंकमा रकम राखेको भेटिएको छ ।
अख्तियारले अधिकारीसँगै ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।