बैशाख। २३ काठमाडौं — प्रदेश १ को राजधानी र सम्पूर्ण कार्यालय विराटनगरमै हुनु पर्ने माग गदै विराटनगर अनिश्चितकालीन बन्द गरिएको छ । महानगरपालिकाका मेयर भीम पराजुलीको समेत समर्थनमा भएको उक्त बन्दले विराटनगर क्षेत्रबाट छोटो तथा लामो दूरीका सवारी चल्न पाएका छैनन् भने उद्योग, कलकारखाना, बजार पसल बन्द भएका छन्।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको प्रदेश संसदीय दलले विराटनगरलाई प्रदेश राजधानी तोक्ने र प्रदेश कार्यपालिका र व्यवस्थापिकाका कार्यालयहरू गोठगाउँ, इटहरीलगायत स्थानमा राख्ने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेपछि विराटनगर बन्द गरिएको हो।