वैशाख२३, काठमाठौं– श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकामा २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीहरुलाई देश निकाला गरिएको छ ।
इस्टर सन्डेको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकामा गृहमन्त्री बी. अबयवर्दनाले घटनाको छानविनका क्रममा भिसा अवधि सकिईसकेका र कसैको शंकास्पद गतिविधि भेटिएकोले देश निकाला गरिएको बताएको छ ।
देश निकाला गरिएकाहरु नागरिकहरुको नामावली नखुलार्ईएको भएपनि प्रहरी सूत्रका अनुसार बंगलादेश, भारत, मालदिभ्स र पाकिस्तानका रहेका छन् ।
केही विदेशी धर्मगुरुहरुले स्थानीय व्यक्ति वा समूहलाई प्रयोग गतरी आत्मघाती आक्रमण गराउन सक्ने आशंका गर्दै श्रीलंका सरकारले नयाँ आउनेहरुमाथी कडा निरगरानी राख्ने भएकोे छ ।
यसअघि वैशाख पहिलो साता श्रीलंकाका चर्च र होटलहरुमा श्रृंखलावद्ध बम विष्फोट हुँदा २ सय बढीको मृत्यु भएको थियो भने ५ सयभन्दा बढी घाइते भएका छन् । विष्फोटको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ ।
स्टेट समूहका नेता अबु बकर अल बगदादीले भर्खरै नयाँ भिडियो मार्फत इराकमा हारेको बदला लिन श्रीलंकामा श्रृंखलावद्ध बम विस्फोट गराइएको बताएका छन् ।