मस्कोमा विमानमा भएको आगलागीमा ४१ जनाको मृत्यू

वैशाख२३, काठमाठौं– रुसको राजधानी मस्कोमा भएको एक विमानमा आगलागीमा परी ४१ जनाले ज्यान गुमाएका छन् ।
मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट–१०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यू भएको हो ।
अस्पतालमा उपचार भईरहेका ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको रुसी स्वास्थ्य मन्त्रालयले बताएको छ ।
विमानमा चालक दलका ५ सदस्य सहित कुल ७८ यात्रु थिए ।

उडेको छिनभरमै प्राविधिक समस्या देखिएर, आकस्मिक अवतरण गर्दागर्दै विमानको इन्जिनमा आगी भएको थियो ।
दुर्घटनाको कारणबारे जाँच सुरु भएको बीबीसीले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु भएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
विमानमा रहेका अन्य ३३ जना जीवित व्यक्तिहरुको नामावली जीवित रहेको रुसी सरकारी कम्पनी एयरोफ्लोटले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ ।