असोज ८ , काडमान्डौं – बिहीबारदेखि राजधानीमा जारी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २१ औा महाधिवेशनमा नयाा कार्यसमिति चयनका लागि सम्पन्न मतदान को मतगणना केहीबेरमा सुरु हदैछ । गएराती ११ बजेबाट सुरु भएको मतदान आज बिहान सकिएपछि दिउसोबाट मतगणना सुरु हुने अनेरास्ववियुले जनाएको छ ।नया कार्यसमितिका लागि अध्यक्ष पदमा निर्वतमान महासचिव किशोरविक्रम मल्ल, निर्वतमान उपाध्यक्ष लक्ष्मण लम्साल र नवराज पौड्याल गरी तीन समूहको उम्मेदवारी परेको थियो । अन्तमा आएर अध्यक्ष पदका प्रत्यासी नवराज पौड्यालले उम्मेदवारी फिर्ता लिएर मल्ललाई सम्र्थन गरे पछि मल्ल र लम्सालको प्यानलबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । मल्लको प्यानलबाट उपाध्यक्षमा वचन सिंह, सरोज यादव र ऐन महर तथा महासचिवमा रचना खडका प्रतिस्पर्धामा रहेका छन । त्यसै गरि लम्सालको प्यानलबाट उपाध्यक्षमा धुर्व राई, थोमस बास्तोला र दिपक गौतम तथा महासचिवमा नविना लामाको उम्मेदवारी परेको छ । सचिवमा राधिका खडका, भतm कुमारी लामा , महेश बर्तौला र कोषाध्यक्षमा गुणराज आर्चाय , रश्मी आर्चाय लगाएतकाको उम्मेदवारी परेको निर्वाचन समितीले जनाएको छ । मतगणनाका लागि अहिले मत पेटिकाहरु बल्खु स्थित एमाले पार्टी कार्यालयमा ल्याईएको र दिउसो दुई बजेबाट मतगणना सुरु हुने माहासचिवका प्रतिस्पर्धी रचना खडकाले बताए । एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, पााच सचिव, एक कोषाध्यक्ष सहित १ सय ३५ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा २ सय ५० पचास भन्दा बढी उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए । एमाले नेताहरुले आफू निकटकलाई जिताउन लबिङ थालेपछि अनेरास्ववियुको नेतृत्व चयनमा ब्यापक विवाद देखिएको थियो । गएको शनिबार नै सकिनुपर्ने महाधिबेशनमा उम्मदवारी छनौट बिबादका कारण माहाधिबेसन लम्बिएको हो । महाधिवेशनमा देशभरबाट १ हजार पाच सय प्रतिनिधि सहभागी छन् ।