वैशाख २१, काठमाडौं – जोखिममा परेका २० बालबालिकालाई ठमेलबाट उद्धार गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्वको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई उद्धार गरेको हो ।
महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले अपराधजन्य घटनाको जोखिमपूर्ण परेका बालबालिकालाई उद्धार गरिएको बताए । ‘ठमेलभित्र हुने अपराधजन्य घटनाको जोखिमबाट बचाउनको लागि बालबालिकालाई नियन्त्रणमा लिएका उनले बताए ।
‘ठमेल, दरबारमार्ग, नयाँ बसपार्कलगायतका क्षेत्रमा जोखिममा पारेका धेरै बालबालिका जोखिममुक्त गर्ने अभियान प्रहरीले चलाउँदै आएको छ ।
यसअघि ठमेल क्षेत्रका विभिन्न होटल, रेष्टुराँ तथा क्लबमा काम गर्ने ७८ बालबालिकाको उद्धार गरी सम्बन्धित अभिभावकलाई जिम्मा लाईसकेको छ ।