भोकभोकै डोल्पाबासी,चामलमाथि कर्मचारी र ठेकेदारको रजाँई

बैशाख २०, काठमाडौं – चामलको अभावबाट पिडित डोल्पाबासीलाई पठाएको हजार क्विन्टल चामल कर्मचारी र ठेकेदारको मिलेमहतोमा बाटोमै बिक्री भएको पाइएको छ ।

नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका–७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री गरेका हुन् ।

सरकारी अनुदानमा उपलब्ध गराइने चामल ठेकेदारमार्फत ढुवानी हुने गरेको छ । यसपटक बिसी ट्रेडर्स, सल्यानलाई ठेक्का दिएको थियो । ठेकेदार जनक बुढाले खाद्य संस्थानका कर्मचारी मुकुन्द पनेरूको उपस्थितिमै एक हजार क्विन्टल चामल रुकुममा बिक्री गरेका हुन्। यो समाचार आजको नयाँ पत्रिकाबाट लिएका हौं ।