सामुद्रीक आँधी फेनीको प्रभाव नेपालमा पनि पर्ने, सचेत रहन मौसमविद्को सुझाव

बैशाख, २० काठमाडौं – बंगालको खाडीमा विकसित भएको सामुद्रीक आँधी फेनीबाट नेपाल पनि प्रभावति हुने भएको छ ।
समुद्रबाट आज जमिनमा आइपुग्ने अनुमान गरिएको फेनी भारतको उडिसामा पहिले आइपुग्ने छ । त्यसपछि भारतका पश्चिम बंगाल र झारखण्डका केही भूभाग हुँदै नेपालमा समेत त्यसको प्रभाव पर्ने मौषमबिदहरु बताउछन् ।
मौषमबिदका अनुशार फेनीका कारण आइतबार र सोमबार देशको मौसमा बदली हुनुे र सर्तक रहन मौसमविद्हरुले सुझाएका छन् ।