बाबुराम भट्टराई र उपेन्द्र यादव पार्टी एकताका लागि जुट्दै

बैशाख, १९ काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गर्दै आएको नयाँ शक्ति पार्टी र उपेन्द्र यादवले नेतृत्व गर्दै आएको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने भएको छ । एकीकरण टुङग्याउनका लागि नै फोरमले २७ गतेदेखि गर्ने तय गरेको महाधिवेशन सार्न लागेको छ ।
महाधिवेशन सार्ने तथा एकीकरण वार्ता टुङग्याउने विषयमा निर्णय लिन फोरमले शनिबार केन्द्रीय समिति बैठक बोलाएको छ भने नयाँ शक्तिले पनि एकीकरण वार्ता सकारात्मक मोडमा पुगेपछि त्यसलाई अनुमोदन गर्न शुक्रबार नै सचिवालय बैठक बोलाएको छ ।