बैशाख, १८ काठमाडौं – चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवि भण्डारी पूवनिर्धारित समयभन्दा एक दिन पहिल्यै आज स्वदेश फर्किने भएकी छिन् ।
चिनियाँ राष्ट्रपति सी जिनफिङको निमन्त्रणमा चीनको दोश्रो बेल्ट एण्ड रोड फोरममा भाग लिन वैशाख ११ गते त्यसतर्फ गएकी भणडारी तिब्बतबाट बुधबार बिहान १० :४० बजे काठमाडौँ ओर्लने भएकी छन् । भ्रमणको कार्यक्रमअनुसार राष्ट्र«पति भण्डारी बिहीबार मात्र स्वदेश फर्किने कार्यक्रम थियो ।