बैशाख, १७ काठमाडौं – बालुवाटार स्थित ललिता निवासको ८ आना जग्गा सत्तारुढ नेकपाका महासचिव बिष्णु पौडेलको छोरा नविनको नाममा दर्ता भएको पाइएपछि यति बेला सो बिषयले चर्चा पाएको छ ।
प्रतिपक्ष दलले मात्रै नभइ सत्तापक्षकै नेताहरुले समेत माग गरि रहेका वेला नेकपाका नेता देवेन्द्र पौडेलले बालुवाटार जग्गा प्रकरणमा आवश्यकता भन्दा बढी हल्ला गर्न नहुने वताउदै मशासचिव पौडेलको वचाउ गरेका छन ।
रिर्पोर्टस क्लव नेपालले मंगलवार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेतद्धा पौडेलले बर्तमान सरकारले सरकारी जग्गाको अपचलन नगर्ने दावी गरे ।
यदि सरकारी जग्गाा अतिक्रमण गरेको भए त्यसको प्रमाण पेश गर्न समेत पौडेलले चुनौती दिएका छन् । महासचिव पौडेलको पार्टी शक्तिशाली नभएको समयमा ०६१ सालमा जग्गा किनेको समेत पौडेलले जानकारी गराए ।