सिद्धार्थ बैंकले खोल्यो एकै चोटी चार नया शाखाहरु

काठमाडौं — सिद्धार्थ बैंकले एकैचोटी चार शाखा संचालनमा ल्याएको छ । सोमबार मोरङको कञ्चनबारी, रूपन्देहीको अमरपथ, झापाको राजमार्ग चोक र काठमाडौंको कपनमा ४ नयँ शाखाहरू सञ्चालनमा ल्याएको हो ।

स्थानीय सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा लगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको वैकले जनाएको छ ।

सिद्धार्थ बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा मार्फत काम गर्दै आएको छ ।